गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

सामाजिक विकास महाशाखा


मुख्य कार्यहरू

यस महाशाखाका मुख्य कार्य क्षेत्रहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र लैङ्गिक अल्पसंख्यक व्यक्तिसँग सम्बन्धीत छन्। आफू मातहतका शाखाहरूवाट सम्पादन हुने कार्यहरू योजनावद्ध, व्यवस्थित र समन्वयात्मक तरिकाले सम्पादन गरी गुणस्तरीय प्रतिफल प्राप्त गर्नु महाशाखाको मुल लक्ष्य हो। यस महाशाखावाट सम्पादन हुने कार्यक्रमहरू निम्न बमोजिम छन।

१. महिला हक सम्बन्धी प्रादेशिक नीति, कानून मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन

२. लैङ्गिक हिंसा, मानव बेचविखन तथा ‍ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनस्थापना

३. वालवालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनस्थपना

४. सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन, कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य

५. लोपोन्मुख, सीमान्तकृत, गरिब, ज्येष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति,मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन।

महाशाखा प्रमुख
पद: उपसचिव
मोवाइल: 9869529462
ईमेल: hemantakm2045@gmail.com

कर्मचारीहरु
पद: उपसचिव
मोवाइल: 9869529462
ईमेल: hemantakm2045@gmail.com
पद: महिला विकास अधिकृत
मोवाइल: 9847655094
ईमेल: devisharma85@gmail.com
पद: महिला विकास अधिकृत
मोवाइल: 9860391589
ईमेल: shreejan6877@gmail.com
पद: अधिकृत छैटौं
मोवाइल: 9846550501
ईमेल: sharadgurung24@gmail.com
सम्पर्क